ललितपुरमा अब ठेलागाडामा पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकामा अब ठेलागाडामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरूले ठेलामा पानीपुरी बेच्नेलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन 

‘आज दिनभरि हामी ठेलामा पानीपुरी बेच्नेहरूलाई सम्झाएर हटाउँछौं, भोलिबाट महानगरमा पानीपुरीको ठेला देखिँदैन,’ मेयर महर्जनले भने । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १२:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया