पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हुँ, राजनीतिबाट होइन : रवीन्द्र मिश्र

आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा निराशाजनक परिणाम ल्याएको भन्दै जेठ दोस्रो साता विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू पार्टीको साधारण सदस्य रहेको बताएका छन् । 

‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो । राजनीतिबाट होइन ।’

उनले आफ्नो पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू रहेको र उनीहरुले नै पार्टीलाई अगाडि लैजाने बताउँदै आफू साधारण सदस्य रहेको उल्लेख गरेका छन् । 

‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो । ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन,’ उनले लेखेका छन्, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थन मै छु । मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु । सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ। अन्यथा, यो देशको लागि जे गर्दा राम्रो हुन्छ भन्ने लाग्छ, त्यसबारे विश्वास दिलाउन प्रयास गरि नै रहनेछु ।’ 

गत ३० वैशाखमा भएको स्थानीय तह चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिकामा मात्रै जित निकालेको थियो ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १३:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया