मन्त्री आलेले दिए राजीनामा
फरकधार / १२ असार, २०७९

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । 



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई उनले यसअघि नै आफूले २४ घन्टाभित्र राजीनामा दिने बताएका थिए ।

आलेले नेपाललाई आफ्नो राजीनामा पत्र बुझाए पछि यसबारे थप निर्णय नेपालले लिने बताइएको छ । 



नेपालनिकट एक नेताका अनुसार अब नेकपा एकीकृत समाजवादीका अन्य मन्त्रीहरुको पनि राजीनामा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीहरु नियुक्त गर्नेछन् । 



आइतबार साँझसम्म वा सोमबार दिउँसोसम्म नयाँ मन्त्रीहरुले सपथ लिने उनले दाबी गरेका छन् । 

यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि आलेसहित सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापन पत्र बुझाएका थिए । 

सरकारमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन अनुरोध गर्दै आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुले पार्टीबाट भएको निर्णय मान्नु पर्ने बताउँदै आएका छन् ।

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १३:५३:६,   अन्तिम अपडेट : असार १२, २०७९ आइतबार १३:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया