पर्यटनमन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले पत्रकार सम्मेलन गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका आलेले ५ बजे पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा आफ्नो कार्यकालभर गरेको कामबारे जानकारी गराउन बताइएको छ । अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका थिए । आलेले संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री पदमा नरहने जानकारी पार्टीलाई गराइसकेको बताए ।

नेकपा एकीकृत समाजवादीले २२ जेठमा हाल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेको थियो । पार्टीले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १६:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया