बागमती प्रदेशसभा : एमाले सांसदको अवरोधका कारण बैठक स्थगित

बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले विरोध जनाएपछि बैठक स्थगित भएको छ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट विभेदकारी र न्यायोचित नभएको भन्दै उनीहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आसनबाट उठेर विरोध जनाएका थिए । 

एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेश सभा अवरुद्ध गर्ने निर्णय गरेको बताइएको छ । बैठक पुनः सोमबारको लागि आव्हान गरिएको छ ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १६:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया