इलाममा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
फाइल तस्वीर

इलाममा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको माङ्सेबुङ गाउँपालिका–२ स्थित भित्र सडकमा आइतबार भएको बोलेरो जिप पल्टिँदा ३ जनाको मृत्यु भएको हो । पाँचथरको रविबाट झापाको दमकतर्फ यात्रु लिएर जाँदै गरेको बोलेरो सडकबाट पल्टिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका– ५ का ६५ वर्षीय हीमप्रसाद लावती, ६० वर्षीया पदमकुमार लावती र इलामको माङ्सेबुङ–६ का ५० वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १७:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया