जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।
संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।