वैदेशिक रोजगारीमा जानेको संख्या बढ्योः श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढिरहेको बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक ०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सो दाबी गरेका हुन् । 

कोरोना संक्रमणपछि पुरानै लयमा कामदार पठाउने मुलुकमा नेपाल अग्रस्थानमा रहेको बताउँदै मन्त्री श्रेष्ठले कामदार विदेश पठाउने कुरा पछिल्ला ४ वर्ष निरन्तर घटेकोमा यो वर्ष ०७४ सालअघिको अवस्थामा पुगेको बताए । 

अघिल्लो वर्ष २ लाखले कमी आएकोमा यो वर्ष ३ लाख ६८ हजारले वृद्धि भएर ५ लाख ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको बताए । 

मन्त्री श्रेष्ठले देशमा ठूलो संख्यामा विप्रेषणमा आश्रित परिवार रहेको र मुलुकको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत वैदेशिक रोजगारी भएको भन्दै विप्रेषण अप्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिने बताए । 

मन्त्री श्रेष्ठले जेठ मसान्तसम्म मन्त्रालयमा आएका १७ हजार ३४७ वैदेशिक समस्यालाई समाधान गरिएको पनि जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया