मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री फेरिए [सूचीसहित]
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेको राष्ट्रपतिको कार्यालय जनाएको छ । 

नेकपा एकीकृत समाजवादीको सिफारिस अनुसार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

तीन सातअघि एकीकृत समाजवादीको सचिवालयले आफ्नो पार्टीका तर्फबाट मन्त्री बनेकालाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

जसअनुसार देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा भएका छन् ।

त्यस्तै, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनेका छन् ।



त्यस्तै, हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्‍ख्‍या राज्यमन्त्री नियुक्‍त भएकी छन् ।

पार्टीको निर्णयअनुसार पर्यटन मन्‍त्री रहेका प्रेम आले, स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्री र श्रममन्त्री रहेका किसान श्रेष्ठ फिर्ता भएका छन् ।



मन्त्रीहरूको कार्यविभाजन :

क्र.सं. नाम, थर पदनाम कार्यविभाजन
1.               शेरबहादुर देउवा प्रधानमन्त्री रक्षा
2.               बालकृष्ण खाँण मन्त्री गृह
3. ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
5. राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
6. जनार्दन शर्मा मन्त्री अर्थ
7. उमाकान्त चौधरी मन्त्री खानेपानी
8. डा. नारायण खड्का मन्त्री परराष्ट्र
9. रेनुकुमारी यादव मन्त्री भौतिक पूर्वाधार तथा यातायात
10. दिलेन्द्रप्रसाद बडू मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
11. देवेन्द्र पौडेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
12. महिन्द्र राय यादव मन्त्री कृषि तथा पशुपन्छी विकास
13. उमा रेग्मी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
14. शशी श्रेष्ठ मन्त्री भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण
15. रामसहाय प्रसाद यादव मन्त्री वन तथा वातावरण
16. महेश्‍वरजंग गहतराज मन्त्री युवा तथा खेलकुद
17. गोविन्द प्रसाद शर्मा (कोइराला) मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
18. जीवनराम श्रेष्ठ मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
19. मेटमणि चौधरी मन्त्री सहरी विकास
20. भवानी प्रसाद खापुङ मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
21. शेरबहादुर कुँवर मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
22. उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
23. बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
24. हिराचन्द्र के.सी. राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १९:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया