जनस्वास्थ्यको सवालमा महानगरले कुनै कुरामा सम्झौता गर्दैन : बालेन शाह

जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) बताएका छन् । काठमाडौंमा हैजाको प्रकोप फैलिन नदिन नागरिकलाई पानी उमालेर मात्र प्रयोग गर्न अपिल गर्दै उनले आज यस्तो बताएका हुन् । 

‘जुनसुकै स्रोतको भए पनि पानी उमालेर मात्र पिउनुहोला । स्वास्थ्यमा कुनै गडबडी देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । महानगरले आफ्नोतर्फबाट गर्नु पर्ने कामहरु अगाडि बढाइरहेको छ’ उनको अपीलमा उल्लेख छ । 

अहिले वडा २८ को बागबजार र २९ को डिल्लीबजार क्षेत्रमा हैजाका जीवाणु देखिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार, काठमाडौँ महानगरका २ जना गरी उपत्यकाका १२ जना विरामी अस्पतालमा हैजाको उपचार गराइरहेका छन् ।

हैजाका जीवाणु देखिएका ठाउँहरूबाट महानगरले पानीको नमूना लिएर परीक्षण गर्ने, पानीको स्रोत र ढल निकासको अवस्था निरीक्षण तथा सुधार गर्ने, सचेतनाका लागि घरदैलो कार्यक्रम गर्ने कार्यक्रम गरिरहेको छ । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार २०:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया