एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दैछ । बैठक काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो ।

बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख  छ । 

देशभरबाट करिब १ हजार ५०० सहभागी हुने परिषद् बैठकको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ६:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया