मेरो कार्यकालमा धेरै काम राम्रा भए : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको बताए ।

‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु,’ आलेले भने । 

उनले विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा पनि जानकारी दिए । उनले विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको पनि दाबी गरे ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिँदै आलेले भने, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।’ गठबन्धन सरकारमा २२ असोज २०७८ मा मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ६:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया