नयाँ पाँच मन्त्रीको सपथ आज

नवनियुक्त पाँच मन्त्रीले आज सपथग्रहण गर्दैछन् । उनीहरूले बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।

पुनर्गठित मन्त्रिमण्डलको सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो ।  
 
एकीकृत समाजवादीले गत २२ जेठमै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ७:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया