मूल्यवृद्धिको विरोधमा एमालेनिकट संगठनहरूको राँके जुलुस

महँगी वृद्धिको विरोधमा खोटाङमा एमालेनिकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महँगी बढेको विरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् ।

युवा तथा विद्यार्थी संगठनले महँगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा युवा तथा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । 

भवनगैरा पुगेपछि राँके जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी र प्रदर्शनकर्ताबीचमा राँको खोसाखोस गर्न घम्साघम्सी चलेको थियो । राँके जुलुस प्रदर्शनपछि त्रिवेणीचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रसकुमार राईले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा सरकार मूकदर्शक बनेको आरोप लगाए ।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै महँगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेका थिए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ८:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया