आइजिपी विवाद मुद्दाको सुनुवाइ आज

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ ।

५ असारमा सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको छ । 

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा १७ जेठदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआईजी पोखरेलले गत १९ वैशाखमा रिट दायर गरेका थिए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ९:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया