जसले गाडीमा लिफ्ट मागे, उनैले कुटपिट गर्दै गाडी लुटेर लगे
फरकधार / १३ असार, २०७९

कञ्चनपुरबाट डडेलधुरा जाँदै गरेका लोकेन्द्रसिंह भण्डारीलाई महेन्द्रनगरमा अपरिचित तीन जनाले लिफ्ट मागे । उनीहरुले गाडीमा इन्धन हालिदिने भन्दै आफूहरुलाई कैलालीको खानिडाँडा सम्मका लगि लिफ्ट दिन आग्रह गरे । आफू सोही बाटो हिड्न लागेको र गाडीमा सिटसमेत खाली भएपछि भण्डारीले उनिहरुलाई आफ्नो गाडीमा ल्याएर आए । 

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका उनै ३ जनाले कैलालीको गोदावरी ५ मा आइपुगेपछि फोटो खिच्ने बहाना बनाए । त्यसपछि गाडीबाट झरेका उनीहरुले भण्डारीलाई कुटपिट मात्रै गरेनन् उनको गाडीसमेत लगेर फरार भए ।  ‘महेन्द्रनगरमा लिफ्ट मागे । तीन जनालाई सँगै ल्याए, यहाँ रोकेर फोटो खिचौँ भने,’ निर्घात कुटपिट तथा लुटपाटमा परेका भण्डारीले भने, ‘गाडी रोकेपछि मेरो हातमुख बाँधेर ढुंगाले हिर्काए गाडी उतै फर्काएर लगे ।’

गोदावरीबाट उनै लिफ्ट माग्ने तीन जनाले भण्डारीबाट प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको सिल्भर कलरको कारसहित नगद र अन्य सरसामानसमेत लुटेर भागेका छन् । अहिले घाइते भण्डारीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । लुटिएको गाडी र लुट्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



 कञ्चनपुरको बेदकोट समैजीबस्ने भण्डारी डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर हुन् ।  



  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १५:१४:३६,   अन्तिम अपडेट : असार १३, २०७९ साेमबार १५:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया