कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटियो

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाबाट लुटिएको कर्मचारीको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार भेटिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार प्रहरीले भेटाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको जानकारी दिए ।  कञ्चनपुरको दैजी घर भएका भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन् । 

महेन्द्रनगरबाट लिफ्ट मागेर भण्डारीको गाडीमा आएका ३ जनाले कैलालीको गोदावरी ५ मा आइपुगेपछि गाडीबाट झरेर उनलाई कुटपिट गर्दै गाडी लगेर फरार भएका थिए ।

यो पनि पढ्नुहोस् : जसले गाडीमा लिफ्ट मागे, उनैले कुटपिट गर्दै गाडी लुटेर लगे





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १६:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया