हैजाबारे सूचना संकलनका लागि काठमाडौं महानगरले सुरु गर्यो हटलाइन टेलिफोन सेवा

काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। मेयर बालेन्द्र शाहले ट्विटरमा हटलाइन सञ्चालनबारे जानकारी दिँदै यो सेवा २४ सै घण्टा सञ्चालन हुने बताएका छन् । 

महानगरले ११८० मा टेलिफोन गरेर आवश्‍यक जानकारी लिने व्यवस्था गरेको हो। उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ । ११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिनेछ ।

हालसम्म काठमाडौँ उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार २२:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया