सोनिया गान्धीका निजी सचिवमाथि बलात्कारको आरोप
फरकधार / १४ असार, २०७९

भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । 



दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार \माध्यमहरूले जनाएका छन् । 

आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी छन् ।



पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
 



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ७:४०:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया