१७ वर्षपछि ब्राजिलियन क्लब फर्किए फर्नान्डिन्हो

इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तान तथा मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन् ।

सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब छाडेका ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन् । ​एथलेटिकोबाटै आफ्नो व्यवसायिक करिअर सुरु गरेका उनी सन् २००५ मा युक्रेनी क्लब शाख्तर डोनेट्स्क गएका थिए ।

सन् २०१३ मा शाख्तरबाट सिटी आएका उनले क्लबका लागि २६४ प्रिमियर लिग खेलमा २० गोल गरे । फर्नान्डिन्होले इतिहाद स्टेडियममा नौ वर्ष बिताउँदा पाँच प्रिमियर लिग तथा समान एक एफए कप र इएफएल कपको उपाधि जिते । 
 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १०:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया