चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन चार जनाको मृत्यु

चट्याङबाट सुदूरपश्चिमका एकैदिन चारजनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा कञ्चनपुरका तीन र कैलालीका एकजना रहेका छन् । मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको हो ।

त्यस्तै, पुनर्वासमा एक महिलाको पनि चट्याङका कारण मृत्यु भएको छ । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।  कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

त्यस्तै, कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार विहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको हो ।   

घर नजिकै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । त्यस्तै, चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएकी छन् । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ११:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया