स्टर्लिङ भित्र्याउने तयारीमा चेल्सी

इंग्लिस क्लब चेल्सीले इंग्ल्याण्ड तथा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङ अनुबन्धका लागि चासो देखाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार चेल्सीले २८ वर्षीया फरवार्डका लागि चाँडै नै औपचारिक रूपमा सिटीसमक्ष प्रस्ताव अघि सार्ने तयारी गरिरहेको छ ।

स्टर्लिङ सन् २०१५ मा ४९ मिलियन पाउन्डमा लिभरपुलबाट सिटी आएका थिए । क्लब लागि ३३९ खेलमा १३१ गोल गरेका उनलाई चेल्सीका नयाँ मालिक टोड बोहलीले आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

सिटीसँगको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि स्टर्लिङले क्लब छाड्न चाहेका हुन् । ​बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने निश्चित भएपछि चेल्सीले उनको विकल्प खोजिरहेको छ । 
 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १३:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया