प्रधानसेनापति शर्मा अमेरिकामा

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भर्जिनियास्थित ‘नेशनल म्युजियम अफ द मरिन क्रप्स’को अवलोकन गरेका छन् । 

सोही क्रममा उनले मरिन क्रप्स वार फाइटिङ लेवोरेटोरीका कमाण्डर केल बी. इलिसनसँग छलफल तथा अन्तरक्रिया गरेका थिए । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको अवलोकन गरेका थिए । उनले कलेजले दिने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए । 

प्रधानसेनापति शर्मा १२ असारमा अमेरिका पुगेका हुन् । उनी लेबनान र सिरियाको भ्रमण सकेर अमेरिका गएका हुन् । प्रधानसेनापति शर्माले अमेरिका पुगेकै दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेको नेपाली सेनाले जनाएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १३:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया