गण्डकीले सवारी करमा १० हजारसम्म बढायाे, फिर्ता गर्न व्यवसायीका माग
फाइल तस्वीर

गण्डकी सरकारले सवारी साधन करमा भारी वृद्धि गरेको छ । सवारी साधनकाे प्रकृतिअनुसार तीन सयदेखि १० हजारसम्म वार्षिक कर बढाएको भन्दै व्यवसायीहरूले बढेकाे कर फिर्ता गर्न सरकारकाे ध्यानाकर्षण गरेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटीले अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्कालाई भनेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, सन्चालन विधि, समयानूकुल विधिको प्रयोग गरी मर्यादित तथा यात्रुमैत्री बनाउन आग्रह गरे । गाडीमा बढाउन लागेको करको दरलाई परिमार्जन गर्न व्यवसायीको माग छ । 

‘एकातर्फ पेट्रोलियम पदार्थलगायत मेसिनरी पार्ट्स पुर्जामा अत्यधिक मूल्यवृद्धि भएको छ । सडकको अवस्था जिर्ण बन्दै गएको छ,’ उनीहरूले विज्ञप्तिमार्फत भने, ‘बैंकहरूले आफूखुसी ब्याज बढाउँदै लगेका छन् । प्रदेश सरकारले आफूखुशी करको दायरा निर्धारण गर्दा यातायात व्यवसायीको घरजग्गा नै लिलाम हुने अवस्था आयो ।’

व्यवसाय जोखिममा पर्न नदिन करको दरलाई पुनरावलोकन गर्न व्यवसायीको माग छ । प्रदेश सरकारको अपेक्षासहित बामे सर्ने प्रयासमा रहेको यातायात क्षेत्रलाई प्रदेश सरकारले हचुवाको भरमा सम्बन्धित सरोकारवालासँग छलफल नगरेको प्रदेश संयोजक केदारप्रसा पौडेलले बताए । 

करको दर नघटाए जुनसुकै कदम चाल्न पनि तयार हुने उनकाे चेतावनी छ । यसअघि गाडीको कर घटाउन र प्रत्येक ६ महिनामा नवीकरण अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध कांग्रेसका ११ वटै जिल्ला सभापतिले संयुक्त विज्ञप्ती निकालेर विरोध जनाएका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १४:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया