वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो।
साविक नेकपामा अन्नतरद्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।