अमेरिकी राष्ट्रपति बाइडेनलाई रूसले लगायो प्रतिबन्ध
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंलबार जनाइएको छ ।

रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा २५ अमेरिकी नागरिकलाई ‘स्टप लिस्ट’मा थपिएको मन्त्रालयले सूचीसँगै रहेको नोटमा जानकारी दिइएको छ ।

सूचीमा मेनका सुसान कोलिन्स, केन्टकीका मिच म्याककोनेल, आयोवाका चार्ल्स ग्रास्ले, न्यूयोर्कका कर्स्टन गिलिब्रान्डलगायत धेरै अमेरिकी सिनेटर रहेका छन् ।

यसमा धेरै विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि सामेल रहेका छन् ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया