राइनास नगरपालिकाको बजेट ५९ करोड ३९ लाख

लमजुङकाे राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५९ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०७९–०८० का लागि नगरपालिकाले ५९ करोड ३९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले १०औँ नगरसभामा नगरपालिकाको उपप्रमुख पुष्पराज खनालले आगामी वर्षको लागि उक्त बजेट प्रस्तुत गरेका हुन्  । उनका अनुसार चालूतर्फ ४२ करोड ४२ लाख र पुँजीगततर्फ १६ करोड ९७ लाख रुपैयाँ बजेट रहेको छ । 

नगरपालिकाले आगामी वर्षका लागि कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, दिगो र गुणस्तरीय पूर्वाधार, स्वास्थ्य शिक्षा खानेपानीमा सबैको पहुँच उत्पादन र रोजगारी प्रवर्द्धनमार्फत गरिबी निवारणलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको नगरप्रमुख खड्गबहादुर गुरुङले बताए ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया