जापानी स्टार मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्ध

इंग्लिस क्लब लिभरपुलका जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित भएका छन् । मोनाकोले १५.५ मिलियन पाउण्डमा चार वर्षका लागि मिनामिनोलाई भित्र्याएको हो । 

अब २७ वर्षीय यी मिडफिल्डर सन् २०२६ सम्म लिग वान क्लबमै रहनेछन् । सन् २०२० मा अस्ट्रियन क्लब आरबी साल्जवर्गबाट लिभरपुल आएका मोनाकोले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए । 

उनले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरे । मिनामिनोले क्लबका लागि एफए कप र लिग कप जितेका छन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ८:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया