‘खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून’

खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार  स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् । 

‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेशनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन् ।

दम भएका मानिसलाई पनि  भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ । यसअघि गरिएको अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएको थियो ।  





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ९:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया