विश्वविद्यालयबाट निस्कासन गरेको झोंकमा प्राध्यापकको हत्या
फरकधार / १५ असार, २०७९

इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरूलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गभर्नरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ ।  ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए । 



आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्वविद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्कासन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो । 

 अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ९:५५:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया