भोजपुरको विकासका लागि भोजपुरेहरूले भेटे प्रधानमन्त्री देउवा

पूर्वमन्त्री शंकर कोइरालाको टोलीले भोजपुरको विकासका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

आज बिहान बालुवाटारस्थित निवासमै पुगेर भएको भेटमा टोलीले भोजपुर र संखुवासभा भएर बग्ने अरुण नदीमा  भारतीय निर्माण कम्पनी एसजेभिएनले निर्माण गर्न लागेको जलविद्युतमा सम्झौताअनुसार पाउनुपर्ने सुविधामा सहभागिता पाउनुपर्ने माग राखेको थियो । 

भेटमा पूर्वमन्त्री कोइरालाले सरकारले पाउने शेयर, रोयल्टीलगायतमा विषयमा भोजपुरेहरूको पनि समान सहभागिता सुनिश्चित हुनुपर्ने माग राखेका थिए ।

साथै, प्रधानमन्त्री र टोलीबीच चतरा हुँदै अरुण करिडोरमा बन्ने सडकलाई विशेष ध्यान दिनुपर्ने, पर्यटन पूर्वाधार, धार्मिक क्षेत्रको विकासलगायत विषयमा पनि छलफल भएको थियो ।  
 
 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १३:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया