मधेस प्रदेश : धान उत्पादनमा कमी, मल अभावले किसान चिन्तित
फरकधार / १५ असार, २०७९

नेपालमा प्रत्येक वर्ष १५ असारमा राष्ट्रिय धान दिवस मनाइन्छ । यसवर्ष पनि देशैभरी ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइँदै छ ।



दिवसको अवसरमा मधेस प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेतखेतमै पुगि धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । यस प्रदेशमा अहिलेसम्म चैते र बर्षे दुबै मिलाएर १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन भएको छ ।

देशभरी राष्ट्रिय धान दिवस मनाइरहँदा मधेस प्रदेशमा अहिलेसम्म ३.५१ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिए ।



मन्त्रालयका अनुसार मधेस प्रदेशमा अहिलेसम्म बारा जिल्लामा सबैभन्दा बढि धान उत्पादन भएको छ । कुल ६१ हजार १२५ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ५९ हजार ३८१ मेट्रिक टन धान उत्पादन भएको हो । त्यहाँ यसवर्ष प्रतिहेक्टर ४.२४ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो । 



यस्तै पर्सा जिल्लामा कुल ३८ हजार ५७० हेक्टर खेतीयोग्य जग्गामा कुल १ लाख ६१ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको छ । पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

सप्तरीमा ५७ हजार ३०४ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाई गरिएकोमा १ लाख ७० हजार ९०१ सय मेट्रिक टन धान उत्पादन भएको बताइएको छ । त्यस जिल्लामा प्रतिहेक्टर २.९८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको पालले बताए । 

सर्लाहीको ४४ हजार ७ सय हेक्टर खेतीयोग्य जग्गामा प्रतिहेक्टर ३.३२ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ४८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । धनुषामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.२१ प्रतिशतको हिसाबले कुल १ लाख ७३ हजार २२० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, महोत्तरीमा ५१ हजार २ सय हेक्टर क्षेत्रफलमा धान रोपाई गरिएकोमा प्रतिहेक्टर ३.७३ प्रतिशतको हिसाबले कुल १ लाख ९० हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो । 

सिरहामा ५८ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर ३.४१ प्रतिशतको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको बताइएको छ । 

यस प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । त्यहाँ ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा प्रतिहेक्टर २.९६ प्रतिशतको हिसाबले १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ । 

यता, मल खाद्यको आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरू सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको उनीहरुको गुनासो छ । 

धान उत्पादन उल्लेखनीय रुपमा हुनेमा समेत किसानहरू आशावादी छन् । मौसमले यस वर्ष साथ दिएपनि किसानहरू मलको अभावमा मर्कामा परेका छन् । मधेस प्रदेशमा सिंचाइँको अभाव रहेकोे समयमा जसोतसो धान रोपाई गर्दै आएका किसानहरुलाई खेतीपातीका लागि आवश्यक मलको अभावले पनि चिन्तित बनाएको छ ।

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १४:३:१,   अन्तिम अपडेट : असार १५, २०७९ बुधबार १४:५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया