नेप्से परिसूचक ४१.३९ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार
फाइल तस्वीर

शेयर बजार मापक नेप्से परिसूचक बुधबार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो । 

बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो कारोबार दिन १ अर्ब बराबरको शेयर कारोबार भएको थियो । 

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै,विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधबार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ । 



कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १६:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया