काठमाडौंको जैविक फोहोरबाट मल बनाएर हाहाकार कम गराउन क्रियाशील छौँ : प्रमुख शाह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन् । असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका हुन् । 

'काठमाडौंमा निस्किने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम गराउन सकिन्छ भन्नेमा काठमाडौं महानगर क्रियाशील छ । यस कामका लागि हुने सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा हामी सचेत छौँ' बालेनले भनेका छन् ।

प्रमुख शाहले कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनैपर्ने बताएका छन् । 'यसपालिको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् । गुणस्तरीय मल, बीउबिजन तथा कृषि साधन सहज र सुलभ मूल्यमा पर्याप्त प्राप्त हुन सकून' प्रमुख शाहको शुभकामना सन्देशमा भनिएको छ ।

२०६१ साल मङ्सिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार २०:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया