कोभिड महामारी समाप्त भएको छैन : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ६:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया