फुटबल खेल्न भरत र नवयुग अमेरिका प्रस्थान

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् । हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो  एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ८:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया