अमेरिकामा नेपाली मूलकी श्रेष्ठ विधानसभा प्राथमिक निर्वाचनमा विजयी

अमेरिकाको न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिकको तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छन् । उनले अब आगामी नोभेम्बरमा रिपब्लिकनका प्रतिद्वन्दीसँग प्रतिस्पर्धा गर्ने छिन् ।  

श्रेष्डले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भइन् । उनको जितसँगै सन् १९९९ पछि पहिलोपटक १३ कार्यकालको विजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।  

अनौपचारिक नतिजा अनुसार श्रेष्ठले ५१ प्रतिशत मत ल्याइन् । वर्तमान सभासद् केभिन काहिलले ४७.५ प्रतिशत मत प्राप्त गरे । अनुपस्थित मतपत्रहरू अझै गणना गर्न बाँकी छ । 

न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।  





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ९:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया