झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापाको कमल गाँउपालिका–४ चुलाचुलीमा गएराती ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दिपक नेपाल रहेका छन् । 

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गएराती सवा ११ बजे आपसमा ठोक्किएका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १०:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया