साफ कंग्रेसमा नेपालले महिला साफ काठमाडौंमा गर्ने प्रस्ताव अघि सार्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई २ जुलाईदेखि  ढाकामा हुने साफ कंग्रेसमा सहभागी हुन बिहीबार दिउँसो बंगलादेश जाँदैछन् ।

ढाका जाने टोलीमा राईसँगै एन्फाका पूर्वकेन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दरनरसिंह जोशी छन् । तीनै जना आज दिउँसो १२ बजेको फ्लाइटमार्फत ढाका प्रस्थान गर्दैछन् । 

महासचिव राईले कंग्रेसमा साफ महिला च्याम्पियनसिप काठमाडौंमै गराउने एन्फाको प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गर्नेछन् । कंग्रेसमा साफ सदस्यहरूबीचको फुटबल विकासका विषयमा पनि छलफल हुनेछ ।
 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ११:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया