रुस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा पनि चुनौती थपेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् । बुधबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा उनले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नु परेको बताए । 

गर्भनर अधिकारीले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । उनले चार्टड एकाउण्टेन्ट्सहरूले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए ।  

‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौं । कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरूपमा मूल्यवृद्धिको प्रेसर यतिबेला ग्लोबल रूपमा भएको छ । यसको चुनौती विश्वभरले भोग्नु परिरहेको छ । नेपाल त्यसबाट अन्यथा हुन सक्दनौं त्यसकारण यो अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ,’ अर्भनरले भने, ‘राज्यले आश गर्दछ । चार्टर्ड एकाउन्टेन्सहरू मुलुकको महत्वपूर्ण जनशक्ति हो राज्यको लागि, मुलुकको अर्थतन्त्रको लागि यसमा खुसी हुनुपर्छ । सबैले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा देशको लागि काम गरिरहेका छौं । चार्टर्ड एकाउण्टेन्ट्सहरूले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको छ ।’
 
त्यस्तै, नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टड एकाउण्टेन्ट्सहरू विभिन्न संघसंस्थाको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समाधान गर्न सकिने बताए ।  

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन भएका छन् । त्यस्तै, सदस्यमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन्  





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया