ओलीसमक्ष वामदेव गौतमको प्रस्ताव : तालमेल गरेर चुनाव लडौँ

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनले आज बिहान बालकोटनिवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा गौतमले ओलीसमक्ष वाम गठबन्धन गरेर निर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिष्ट शक्तिहरूको तालमेलको प्रस्ताव गरेका हुन् । ‘आफू–आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरूको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौँ,’ गौतमले ओलीसँग भने । 

उनले ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत निर्वाचनमा वामगठबन्धन गरेर जान तयार रहेको पनि सुनाए । 

भेटमा ओलीले वाम गठबन्धनमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।   





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया