सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८९/०८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको छ ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १६:३१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया