बागमतीको आगामी आवको बजेट सर्वसम्मत स्वीकृत, ५ वटा विधेयक पारित

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट सर्वसम्मत स्वीकृत भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई पारितका लागि संसदमा पेश गरेको प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । 

प्रदेश सरकारले आजै ३ चरणमा विनियोजित विधेयकमाथिको बाँकी छलफल गरेको थियो । छलफल सकिएपछि आजै विनियोजन विधेयक २०७९ सर्वसम्मतले स्वीकृत गरिएको हो । १२ असारदेखि बजेटमाथिको छलफल सुरु गरिएको थियो । प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको थियो ।

कूल विनियोजित बजेट मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ । 

यस्तै बागमती प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । आजको प्रदेश सभा बैठकमा प्रदेशको बजेट बहुमतले पारित भएको हो । 

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विनियोजन विधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । 

यस्तै, आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ माथि कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको छ । 



यस्तै, विनियोजन विधेयक २०७९ को दफा २ देखि १० सम्मका दफाहरु तथा सो सँग सम्बन्धित उपदफाहरु, अनुसूची १ र २ विधेयकको अंग बनोस भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको भएको छ ।



  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १७:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया