बैतडीमा लगातारको वर्षाबाट आएको बाढी–पहिरोले सिँचाइ कुलो बगाएको छ । बस्तीमाथि जथाभावी डोजरले सडक खन्दा आएको बाढी पहिरोले सिगास गाउँपालिका–३ का दुईवटा सिँचाइ कुलो बगाएको हो ।
२ दिनदेखिको लगातारको वर्षाले गाउँपालिका–३ का दुईवटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छवटा घर उच्च जोखिममा स्थानीयले बताएका छन् ।
स्थानीय दानसिंह साउद, करवीर साउद, मानसिंह साउद, कर्ण साउद, जोगा साउद र नवराज साउदको घर उच्च जोखिममा परेका हुन् । सडकबाट आएको बाढी पहिरो खेतमा पसेपछि सिन्याखेतका जोखिममा परेका परिवार घर छाडेर हिँड्न बाध्य भएका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय बैतडीले बाढी–पहिरोको विषयमा जानकारी प्राप्त भएकाले थप विवरण बुझ्ने काम भइरहेकोे जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।