दक्षिण कोरियामा अवैधरूपमा काम गरिरहेका १३ नेपाली पक्राउ

दक्षिण कोरियामा अवैधरूपमा काम गर्ने १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  

पक्राउ परेका नेपालीको नाम ठेगाना भने खुलाइएको छैन । पक्राउ परेका सबै नेपालीलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । 

पक्राउ परेकामध्ये चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेका थिए । त्यस्तै, अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् । 
 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ७:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया