धादिङको चिरौँदीमा बस दुर्घटना : ३० जना घाइते, सातको अवस्था गम्भीर

धादिङको गल्छी गाउँपालिका–६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् । 

दुर्घटनामा सामान्य घाइते भएकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । सातजना गम्भीर घाइते भएकालाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।  

बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । प्रहरीका अनुसार खाल्डाखुल्डी परेको र घुम्ती सडकका कारण बस दुर्घटना भएको हो ।





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ७:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया