कैलालीका स्थानीय तहका उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

कैलालीमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् । जिल्लामा रहेका १३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बनेका ३ हजार ७३ मध्ये ४५० जनाले मात्र चुनावी खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए । 

 २ हजार ६२३ जनाले चुनावी खर्च विवरण नबुझाएको चौधरीले बताए । ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण बुझाइ सक्नुपर्ने हुन्छ,’ उनले भने । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्लामा विभिन्न तहका पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका थिए । 

उम्मेदवारले सम्पूर्ण खर्च विवरण स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानीय तह निर्वाचन सम्बन्धि २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम खर्च बिवरण बुझाउनुपर्दछ । 

जस अनुसार मतदाता नामावली खरिद, सवारी साधन तथा गाडी घोडाको प्रयोग, सवारी इन्धन, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधी परिचालन लगायत विविध निर्वाचन खर्च बिवरण पठाउनुपर्ने नियम छ । निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारको विवरण राखेर पठाउन निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा भएको हो । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ९:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया