बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन
शीला वाज । तस्बिर : अमर उजालाबाट

बलिउडको सन् ५० देखि ६० को दशकको फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।

उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन । सुरुवातमा उनले फिल्ममा आउनु अघि परिवारलाई निकै सम्झाउनु परेको थियो ।

शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन् । उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो ।

शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन् । यद्यपि यो फिल्म रिलिज हुनुअघि ‘गुनाह’ रिलिज भयो ।





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ९:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया