पार्टी घोषणापछि तीन शीर्ष नेतासँग वामदेवको भेट, तिनै नेतासमक्ष एउटै प्रस्ताव

वामदेव गौतमले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा राष्ट्रिय एकता पार्टी घोषणा गरे । कम्युनिष्ट आन्दोलन धराशयी बनेको भन्दै उनले नयाँ राजनीति दल खोल्नु परेको घोषणा कार्यक्रममा बताएका थिए । 

नेकपाबाट एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी अलग-अलग भएपछि गौतम आफू संयोजक बनेर वामपन्थी एकताको अभियान चलाइरहेका थिए । अहिले आफ्नै नेतृत्वमा पार्टी खेलेपछि पनि गौतमले भेटघाटलाई भने निरन्तरता दिएका छन् ।  

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनी बालकोट पुगेका थिए । भेटमा गौतमले ओलीसमक्ष वाम गठबन्धन गरेर निर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिष्ट शक्तिहरूको तालमेलको प्रस्ताव गरेका हुन् । ‘आफू–आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरूको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौँ,’ गौतमले ओलीसँग भनेका थिए ।  

ओलीसँग भेट गर्न बालकोट पुगेका गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् । प्रचण्ड र नेपाल पनि गौतमको प्रस्तावप्रति सकारात्मक रहेको बताइएको छ । 

गौतमले एकैदिन शीर्ष तीनै नेतालाई भेटेका हुन् । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने मूल उद्देश्यले भेटघाट गरेको बताउँदै गौतमले आफूले राखेको कुरामा ओली, दाहाल र नेपाल सकारात्मक रहेकाे बताएका छन् ।  





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ११:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया