एक वर्ष बार्सिलोनामा बिताएर सेभिया फर्किए डि योङ

गतवर्ष एक सिजनका लागि लोनमा ला लिगा क्लब बार्सिलोना गएका डच स्ट्राइकर लुक डी योङ सेभिया फर्किएका छन् । उनले बार्सिलोनाका लागि २९ खेल खेल्दा सात गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरे । 

उनलाई बार्सिलोनाका तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानले क्लब भित्र्याएका थिए । तर, अक्टोबरमा कोम्यान बर्खास्तमा परेपछि डि योङले नयाँ प्रशिक्षक जाभी हर्नान्डेजको मन जित्न सकेनन् ।

‘बार्सिलोनामा बितेका अवधि निकै यादगार रहे, बार्सिलोनाका आगामी दिन सफल रहोस्,’ डि योङले सामाजिक सञ्जालमा लेखेका छन् ।

डि योङ सन् २०१९ मा डच क्लब पिएसभी आइन्डोभनबाट स्पेनिस क्लब सेभिया अनुबन्धित भएका थिए । उनले नेदरल्याण्ड्सका लागि ३८ अन्तर्राष्ट्रिय खेलमा आठ गोल गरेका छन् । 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १४:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया